“नेपथ्य र हामी”

a person being caned by police in people's movement 2062/63

चन्द्रमाको शितलतामा हावाको कहाँ बयान,
ताराहरुको माझ कालो आकाश छ र महान् ?

स्वागत छ विचित्रै–विचित्रको देशमा,
विचित्रमै रमाइरहेछन् यहाँ झुण्डिएका चित्र,
चित्रबाट निस्केका हाम्रा केही मित्र,
गोर्खालीको रगत बग्छ रे ति मित्रका मुटुभित्र ।

गोर्खाली त ती थिए,
जसको मुटु र बारुदको ताप मिल्थे,
के ग¥यौं र तिमीले गोर्खाली हुँ भन्छौं,
जब मुटुको तापले तिमी बाँचिरहेछौं ।

बन्दैनथे ति लास शहिद आज,
यदि देशको लागि नमरेको भए हिजो,
बन्दैनथे शहिद यदि निरंकुश नछाएको भए,
धन्यछ ति निरंकुशलाई जसले शहिद जन्माए ।

धन्य छ ति शहिदहरुलाई,
जसले लासलाई नि शास फेर्न लगाए,
छत्रिएका खोलाहरुलाई एकै साथ बग्न सिकाए,
दिपको एक ज्योतीले पनि अन्धकारलाई मार्न सक्छ भनी देखाए ।

हिड्न सक्दैनन् साईला दाइ आज,
गोली खाएका थिए आन्दोलनमा हिजो,
तर निरंकुश हटाएको त हाम्रा मित्रहरुले पो हो रे,
ति दाइ त रमिता हेर्न मात्र गएका थिए रे ।

गोरु बाँधि गोठमा, चिउरा हाली जेपमा,
राजधानी आएका थिए देशलाई स्वतन्त्रता दिलाउन,
झडपमा मित्रहरुले उनलाई पो ढाल बनाए,
विचरा साँइला दाइलाई कालको मुखमा सुताए ।

किन विचित्रका झण्डिने चित्र मात्र कोरिन्छन् यहाँ ?
आफ्नै मातृभुमिलाई रगत बेच्छन् जहाँ,
चित्र बनाउने इच्छा छ त बुद्धको बनाऊ,
उनलाई हाम्रो मित्र बनाउ ।
हुन त इन्द्रेणीको रङ्गहरु माझ त्यसको अस्तित्वको के बयान,
वर्षाको हरेक थोपामा कालो बादल छ र महान् ?

Advertisements

3 responses to ““नेपथ्य र हामी”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s